images

कपिलवस्तुको सीमा नाका आजदेखि दुई दिनका लागि बन्द

कपिलवस्तु– कपिलवस्तुको सीमा नाका २ दिनका लागी बन्द भएको छ । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने लोकसभा निर्वाचनका लागि नेपालसँग जोडिएको कपिलवस्तु सीमा नाका २ दिनका लागि बन्द भएको हो ।

कपिलवस्तुसँग जोडिएको सीमा नाका कृष्ण नगर ,मार्यादपुर चाकल चौडा सहित भारतले सीमा नाका बन्द गरिएको हो । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनको सुरक्षाका कारण बिहीबार बिहान ६ बजेदेखि जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमा नाका बन्द गरिएको निमित्त।प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।

निर्वाचन अवधिमा ईमरजेन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकाे सूचना