images

काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर जसो वर्षा हुने भएको छ। बिहानैबाट काठमाडौं उपत्यकामा मौसममा बदली रहेको छ।

आज दिनभर पनि काठमाडौं उपत्यकाको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही समय आकास खुले पनि मजाले घाम लाग्ने सम्भावना नरहेको विभागले जनाएको छ ।

बुधबार र बिहीबार पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ।