images

जसपाले पूजा चौधरीलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउने


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।उनी रौतहटकी हुन्।

चौधरी २०७९ मा भएको चुनावमा रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्। पूजा चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । 

जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो। जसअनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो। माओवादी,एमालेले उम्मेद्वार छनौट गरिसकेको भए पनि कांग्रेसले भने अझै उम्मेद्वार यन गर्न सकिरहेको छैन।