images

जहाज दुर्घटना अपडेट: १५ जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवारमध्ये १५ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका सुचना अधिकारी गौरवकुमार केसीका अनुसार १५ जनाको शव निकालिएको हो । अन्यको खोजी तथा उद्धारकार्य जारी छ ।

परिक्षण उडानका लागि पोखरा जान लागेको जहाजमा सौर्य र विमानस्थलका अन्य कर्मचारी रहेको बताइएको छ । घटनास्थलबाट ३ जना घाइतेलाई अस्पताल लगिएको छ ।