images

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैनः कानूनमन्त्री गुरुङ

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताएका हुन् ।

बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको स्पष्ट पार्नुभएको हो ।

मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन । बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’

त्यसै गरी पत्रकार सम्मेलनमा उनले तत्कालीन माओवादी सशस्त्र युद्ध र अन्य आन्दोलनसँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी सरकार क्रियाशील रहेको दाबी गरे ।