images

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको खुलासा, इन्जिन उछिट्टिएर जहाज टुक्रा–टुक्रा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि अन्य उडान बन्द गरिएको छ ।

केही विमान आकाशमै होल्ड गरिएका छन् भने उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । यस्तै बङ्गलादेशलगायतका अन्य ठाउँहरूबाट काठमाडौं आउँदै गरेका जहाज आकाशमै छन् ।

विमानस्थल स्रोतका अनुसार जहाज त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन-वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।