images

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषय र आन्तरिक राजनीतिका विषयमा छलफल गर्न सभापतिले आज अपराह्न ४ बजे बैठक बोलाएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति र संसद्‌मा पेश भएका विधेयकका विषयमा छलफल हुने छ । यसपटक संघीयता कार्यान्वयनको लागि अत्यावश्यक विधेयक जसरी पनि पास गर्ने पक्षमा कांग्रेस रहेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

बैठकमा महाधिवेशन हुन समस्या भएका भ्रातृ संस्थापनलाई परेका अप्ठ्यारा र सहजीकरणबारे पनि छलफल हुने पौडेलले बताए।

कांग्रेसको छलफलपछि आजै साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बोलाएका छन् ।

बैठकमा अध्यादेशका विषयमा पनि छलफल हुनेछ ।