images

पुल्चोक लगायतका क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री निवास पुल्चोक लगायतका क्षेत्रमा मंसिर ६ गतेदेखि आगामी ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। पुल्चोकस्थित युएन हाउस र मन्त्रीनिवासको सुरक्षा संवेदनशिलता देखाउँदै जिल्ला प्रशासनले मंसिर ५ देखि आगामी ६ महिना विरोधका कार्यक्रम गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं राष्ट्रिय सहकारी विकासय बोर्डको चार किल्लाभित्र’ प्रदर्शन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ।