images

प्रहरी प्रमुखमा बसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

आईजीपीका लागि कुँवरसहित ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु प्रतिष्पर्धामा रहेका थिए । कुँवरसहित, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीको दौडमा रहेका थिए ।

योग्यताको हिसावले कुँवरलाई नयाँ आईजीपी नियुक्त गरिएको हो ।

वर्तमान आईजीपी धिरज प्रताप सिंह भोलिबाट अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो ।