images

बाघको आक्रमणमा परि बर्दियामा दुई जनाको मृत्यु

काठमाडौं । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ। मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।