काठमाडौं-मध्य सोमालियामा अलशबाबका ७६ लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली सेनाले मुदुग क्षेत्रमा दुई दिनको अपरेसनपछि ७६ अल शबाब लडाकुलाई मारेको हो । अन्य कैयौँ घाइते भएका छन् ।
एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएको अल शबाबका वरिष्ठ कमाण्डर पनि रहेको बताएका छन् ।
सैन्य आक्रमणले अल शबाबका अड्डा र सवारीसाधन ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ । सरकारविरुद्ध लडिरहेको अल शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ ।
चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण जारी राखेको छ ।