images

विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन, प्रहरीद्वारा हवाइ फायर,चार प्रदर्शनकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शन उग्र बनेपछि विराटनगरमा हवाइ फायर भएको छ । प्रदर्शनकारीले रोडशेष चोकको निषेधाज्ञा तोडेपछि प्रहरीले चार राउन्ड हवाइ फायर गरेको हो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रसग्याससमेत प्रहार गरेको छ । प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनकारी मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढेपछि रोक्न प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।