images

संघीय संसद्का ८ वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं आज संघीय संसद्का ८ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाका ६ र राष्ट्रियसभाका दुई समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफलका साथै विविध विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेस्ट ब्रुअरीमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

त्यस्तै, दिउँसो साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरू तथा विविध विषयमा छलफल हुने छ ।