images
images

सातौं अन्तराष्ट्रिय फिल्म फेस्टिबलका लागि ‘सुन र पानी’ छनौट

काठमाडौं। सातौँ पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्ट मुभि ‘सुन र पानी‘ छनौटमा परेको छ। आगामी डिसेम्बर २७ देखी ३१ सम्म पोखरामा आयोजना हुने फेस्टिभलमा ‘सुन र पानी’ छनौटमा परेको हो।

‘सुन र पानी‘ ‘गोल्ड एण्ड वाटर’ सब टाइटल रहेको यस सर्ट मुभिको कथा लाई पूर्णता दिएर अन्तिम रूपमा ल्याउन ९ वर्षको खोज र मेहनत लागेको आनाले जनाकारी दिइन्।

चलचित्रमा कुन्दन शाक्य, संपिका गौतम, जेएलसन अधिकारी,लगायतको अभिनय रहेको छ ।श्याम खडका निर्माता रहेको ‘सुन र पानी‘मा कार्यकारी निर्माता महेन्द्र शाक्य, र जेएलसन अधिकारी पनि निर्माताका रूपमा रहेका छन् ।

पामे फिल्म फेस्टिभलको सातौँ औँ संस्करणको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजकले हरेक वर्ष आयोजना हुने यो फेस्टिभलमा यस वर्ष पनि विश्वभरका राम्रा चलचित्र हेर्नका लागि पोखरामा सबैलाई स्वागत गर्न उत्साहित रहेको जनाएको छ ।फेस्टिभलमा नेपाल, भारत , इन्डोनेसिया,फ्रान्स र अमेरिकाका गरी १० वटा चलचित्र छनौट भएका छन् ।