images

स्ववियु निर्वाचन : क्रान्तिकारीले फुटायो डोटीमा मतपेटिका,झडप नियन्त्रण गर्न बाजुरामा हवाई फायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् ।

आइतबार जारी स्ववियु निर्वाचनमा फर्जीमत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।
यता, बूढीनन्दा नगरपालिका २ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन दल निकट विद्यार्थीसँग र नेकपा (एमाले) अनेरास्ववियुबीच झडप भएको हो ।

स्ववियुको निर्वाचन बिथोल्ने गरी एमालेका कार्यकर्ताले एकतर्फी रूपमा ढुङ्गा प्रहार गरेको गठबन्धन दल निकटका विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् ।

अनेरास्ववियुले एकतर्फी ढुङ्गा प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको हो ।

स्ववियुको निर्वाचनमा विद्यार्थी मतदान गरिरहेको अवस्थामा बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।