images

हुती विद्रोहीद्वारा इजरायलको व्यापारिक जहाजमाथि आक्रमण

काठमाडौं। इरान समर्थित हुती विद्रोहीले इजरायलसम्बन्धित एक व्यापारिक जहाजमा मिसाइल प्रहार गरेको छ ।

आक्रमणको अमेरिकी सेन्ट्रल कमान्डले पुष्टि गरेको छ । हुती विद्रोहीहरूको नियन्त्रण रहेको क्षेत्रमा यमनबाट हानिएको मिसाइलबाट एक व्यवसायिक पानी जहाजमा आगो लागेको छ । अमेरिकी सेनाका अनुसार मिसाइल विस्फोट हुँदा स्ट्रिन्डा जहाजमा आगो लागेको हो । यो जहाज बाब–अल–मन्डेब स्ट्रेटबाट गइरहेको थियो ।

ब्रिटिश म्यारीटाइम एजेन्सीका अनुसार यो आक्रमणपछि अन्य कयौँ जहाजले बाटो बदलेका थिए । हुती विद्रोहीले उत्तरबाट इजरायलतर्फ जाने सबै जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ । उसले अन्तर्राष्ट्रिय शिपिङ्ग कम्पनीहरूलाई इजरायली पोर्टसँग कुनै किसिमको सम्झौता नगर्न चेतावनी दिएको छ।