images

सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान छ । चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।