images

राष्ट्रपति पौडेलको छातीमा समस्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार साँझ पेटमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललको छातीमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । अहिले एन्टिबायोटिक चलाइएको र

थप स्वास्थ्य परीक्षण भइरहेकाले रिपोर्ट हेरेर थप निर्णय लिइनेछ ।

अहिले राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइ शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।