images

चितवन २ मा रवि लामिछानेले गरे उम्मेदवारी दर्ता

काठमाडौं । चितवन २ मा आगामी वैशख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् ।

आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् ।

गएको ४ मंसिरमा लामिछाने यहाँबाट निर्वाचित भएका थिए । तर नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो ।