images

काठमाडौंमा नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा एक नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ घर भई टोखा-६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पिडितलाई गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

उनकाअनुसार पक्राउ परेका दुवैजनालाई अन्य थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।