images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दाको अन्तिम पेसी चढेको थियो ।

मुद्दाको अन्तिम पेसी चढेपनि न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी हेर्न नभ्याइनेमा परेको छ । सोही कारण आज पेसी स्थगित भएको छ ।

उनीविरुद्धको मुद्दाको अन्तिम फैसला आज हुने तयारी थियो । यो मुद्दामा इजलासको १४औँ नम्बरमा पेशी तोकिएको थियो ।