images

तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्यो

काठमाडौं । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ ।

हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका छन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ ।

तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरू बताउँछन् । नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा,मिसकट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो ।

चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्रयाक्टरमा ढुंगागिट्टी,बालुवा,मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठुलो परिमाणमा सङ्कलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरूको गुनासो छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् ।