images

सांसद श्रेष्ठको अडियो प्रकरण बारे रास्वपाले आज निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणको बारेमा बुधबार निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानविन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको हो ।

सांसद श्रेष्ठको अडियो प्रकरणको बारेमा निर्णय गर्न रास्वपाले बुधबार दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकबाट सांसद श्रेष्ठको अडियो प्रकरणको बारेमा निर्णय हुनेछ ।

केही दिन अघि सांसाद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । त्यसको बारेमा छानविन गर्नका लागि रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत उनको दाबी छ ।