images

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबारदेखि सुरू हुने केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो । बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ गरिने बताइएको छ ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले केन्द्रीय समिति बैठक डाकेको छ । बैठक साउन १७ गते देखि २१ गतेसम्म चल्नेछ।