images

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथग्रहण साँझ ५ बजेका लागि सारियो

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेसम्मका लागि सारिएको छ ।

यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गठबन्धनमा भागबन्डा मिलाउनका लागि बिहानको शपथग्रहण बेलुकाका लागि सारिएको हो ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताए ।

थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ । 

एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साझ ५ बजेसम्मका लागि सरेको पुष्टि गरे ।