images

उपराष्ट्रपति आज चीनको साताव्यापी भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव सोमबार जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाँदै छन् ।

अपराह्न ४ : २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी चीन प्रस्थान गर्न लागेका हुन् ।

मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईका अनुसार उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने भेलामा सहभागी हुनेछन् ।

उपराष्ट्रपति यादवसँगै उनकीधर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा चीन जानेछन् ।