images

सशस्त्र बिद्रोहबारे ओलीले दिएको अभिव्यक्ति घृणाष्पद : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र बिद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘२०२८ः झापा बिद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचनमा उनले ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताए ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशष्त्र बिद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको बताए । ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको उनको भनाइ छ ।

महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख गरे ।