images

Untitled

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको दाबी गरेको छ ।

सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएर जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन् । आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको उनको भनाइ छ ।

सांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिको नेतृत्व बाँडफाँट भएकोप्रति असन्तुष्टि जनाए ।