images

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस मनाइँदैछ

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ ।

 मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ । सन् २०२० मा मानव बेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावन बेचविखन विरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो । पछिल्लो समय एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।