images
images
images

संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् ।

शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।

उनले भने,‘ ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि परिवर्तन गरेका छैनौं । त्यसमा तपाईहरु ढुक्क रहनुहोला । हामीले यो प्रसाशनलाई कसरी बलियो बनाउने भन्ने बारे हामी सबैले विचार गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको जानकारी समेत दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS