images

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् ।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन र बढ्न दिनु नहुने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने धारणा राखे । उनले जाितय, भाषिक र धार्मिक एकता, सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गरेका छन् ।

उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न नसकिने पनि जिकीर गरेका छन् ।