images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्नेमा जोड दिएका छन् ।

११०औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

उनले अबको ४ वर्षमा काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बन्ने दाबी गरे ।

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने आर्थिक क्रान्ति सम्भव रहेको पनि बताए । परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको सामान वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताए ।