images

एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदै छ ।

अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम शुरु गर्नेछ ।

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ ।
अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय समिति चयन गर्नेछ।