images

सूचनाको सही सदुपयोग गर्नुपर्नेमा सभामुख घिमिरेको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् । संविधानले व्यवस्था गरेको विषयहरु कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको उनको भनाइ छ ।

उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भुमिका खेल्नुपर्ने पनि जोड दिए ।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता र समृद्धिका लागि विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।