images

एमाले बागमती प्रदेश कमिटीको मतदान आज हुँदै

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको मतदान आज हुँदैछ ।

अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।

शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ ।