images

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।

शुक्रबार सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् । ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।