images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १ हजार ८ सय ९५ रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।

हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । १५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।