images

नेकपा एसको मेची महाकाली जागरण यात्रा अभियान आजदेखि सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण यात्रा अभियान आजदेखि सुरु हुदैछ ।

पार्टीले शनिबार झापाको काँकरभिट्टामा पत्रकार भेटघाट कार्यक्रम गर्दै यात्राको तयारी पूरा भएको जनाएको हो ।

आज ११ बजेबाट सुरुहुने यात्रामा करिब एक हजार किलोमिटर यात्रा तय गरिने बतायएको छ ।
यात्रा अभियानमा पार्टीका अध्यक्ष माधवकुमार नपाल सहित उच्च नेताहरुको सहभागिता रहने जनाइएको छ ।

झापाका तीन स्थान काँकडभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ ।