images

सम्पत्ति सुद्विकरण विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्वन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् ।

यो विधेयक दफावार छलफलमा लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पुगेको थियो । समितिले दफावार छलफल गरेर केही संशोधनसहित विधेयकको प्रतिवेदन सभामा पठाएको हो ।