images

विदेशी सहयोगको सहि सदुपयोग हुनुपर्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताएका हुन् । सभामुख घिमिरेले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

सभामुख घिमिरेले विमानस्थलहरु बनाउने कुरामा सफलता हात लागेपनि त्यसको सञ्चालनबारे कसैको ध्यान नपुगेको बताएका छन् ।