images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् । केन्द्र सरकारको समीकरण बदलिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको थियो ।

अहिले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले साथ दिइरहेको छ । तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल सरकारबाट बाहिरिन अनुरोध गर्दै नभए कारबाही गर्ने चेतावनी दिएकी छिन् । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिराएको अवस्थामा मुख्यमन्त्री शाह अल्पमतमा पर्ने देखिन्छन् ।