images

कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमानी 

काठमाडौं -कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी आफ्नै रेकर्ड ब्रेक गरेका छन् । सगरमाथा आधारशिविर स्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार  कामीरिताले  बुधवार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुग्दै  नयाँ कीर्तिमान कायम गरेका हुन्।

“कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३० औँ पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ”, सगरमाथा आधार शिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।