images

स्पेस फोरके टेलिभिजनकर्मी बम सारेगम अवार्ड २०८१ बाट सम्मानित

काठमाडौं–स्पेस फोरक टेलिभिजनका समाचार सम्पादक एवम् प्रस्तोता खेम बम सारेगम अवार्डबाट सम्मानित भएका छन् । लोक सङ्गीत,भाषा साहित्य लगायतका विधामा बमले खेलेको योगदानको कदर गर्दै सारेगम अवार्ड २०८१ बाट सम्मानित भएका हुन् ।

लामो समयदेखि सञ्चार कर्ममा रहेका बमलाई बुधवार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अवार्ड दिएर सम्मान गरे । कैलालीको टीकापुरमा अवस्थित सामुदायिक रेडियो टीकापुरबाट सञ्चार यात्रा सुरु गरेका बम स्पेस फोरके टेलिभिजनका साथै नेपाली रेडियो नेटवर्कमा समेत समाचार संयोजकका रूपमा कार्यरत रहेका छन् ।

बम यस अघि त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेजर हुँदै जनता टेलिभिजनमा समेत आबद्ध रही काम गरेका थिए । उनले आफू सम्मानित हुनुले कर्म क्षेत्रमा थप हौसला र उत्प्रेरणा प्राप्त भएको बताएका छन् ।