
काठमाण्डौ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका कृष्णमान डंगोलले सात सय ८९ मतसहित अग्रता लिएको हो । एमालेका डा. सुरेन्द्र मानन्धरले ६ सय ६६ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले चार सय ६५ तथा स्वतन्त्र उम्मेदवार राजमान महर्जन मानवले चार सय १८ मत ल्याउनुभएको छ ।