काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नयाँ आएका राजनीतिक वैकल्पिक धारलाई कांग्रेस एमालेले दबाउन खोजेको बताएका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँगको कुराकानीमा पौडेलले जनताबाट अनुमोदित भइसकेका राजनीतिक दललाई निमोठ्न खोज्नु लोकतन्त्र विपरित रहेकोे तर्क गरे । पछिल्ला राजनीतिक घटनाक्रम हेर्दा सरकारले आफ्नालाई जोगाउने र अरुलाई छानीछानी आरोपमा मुछ्ने गरेको पौडेलको दाबी छ । सरकारले कोशी प्रदेशका पूर्व मन्त्री एवम एमाले नेता लिलाब्लवभ अधिकारीलाई मुद्दा चलाउन रोक लगाएर आफ्नो असली रुप प्रर्दशन गरेको पौडेलले आरोप लगाए । एक फरक प्रसंगमा बोल्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण खासै उपलब्धिमुलक संकेत गरे ।
भिडियो तल हेर्नुहोस