images

रुकुमको पुथा उत्तरगङ्गामा माओवादी विजयी

काठमाण्डौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा भएका छन । बुढाले ३ हजार ६ सय २७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गरे । पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी भए । नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गरेको हो । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो ।