images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा पर्यटनमन्त्री पाण्डेको अवलोकन

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा.गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको गएराति अवलोकन गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको लागि गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम भइरहेको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको हो । यी काम पूरा गर्न झण्डै १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ । पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा।गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको गएराति अवलोकन गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको लागि गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम भइरहेको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको हो । यी काम पूरा गर्न झण्डै १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।