
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपिएल० को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध काठमाडौका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको थियो ।