images

८ वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र शून्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

काठमाण्डौ । सर्वोच्च अदालतले आठ वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा सर्वोच्चले यो जानकारी गराएको हो । अदालतले बनाएको योजनाअन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू एक सय ५४ थान रहेको र चालू आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । सर्वोच्च अदालतले पारदर्शिता र उत्तरदायित्वबोध गराउन गोला प्रथा शुरू गरिएको बताएको छ ।