
काठमाण्डौ । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो । दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।